गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका पाँच जना, लमजुङका तीन जनामा संक्रमण देखिएको हो। यस्तै बागलुङ र तनहुँमा एक एक जना संक्रमित थपिएका छन्। योसँगै हालसम्म  गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ९० पुगेको छ।