सुनको मुल्य १०० रुपैयाँले घट्यो, ९२ हजार ८०० रुपैयाँमा कारोबार



नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु १०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।