ब्राजिलका राष्ट्रपतिमा देखियो पुनः कोरोना भाइरसको संक्रमण



ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफूमा कोरोना भाइरसको संक्रमण कायमै रहेको बताएका छन्।

पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले बुधबार पत्रकारलाई जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । हप्ता दिनअघि बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

झण्डै हप्ता दिनपछि गरेको परीक्षणमा पनि संक्रमण कायमै रहेको देखिएको हो । अबको केही दिनमा फेरि परीक्षण हुने उनले बताएका छन् । बोल्सोनारोको दोस्रो परीक्षणमा पनि संक्रमण देखिएको खबर सिएनएन ब्राजिलले सार्वजनिक गरेको थियो ।