निजी विद्यालयद्वारा अनलाइन कक्षा बन्द, शिक्षकहरुलाई बेतलबी बिदा



निजी तथा आवासीय विद्यालयहरूका छाता संगठन प्याब्सन र एनप्याब्सनले आजदेखि सम्पूर्ण वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगन गर्ने घोषणा गरेका छन् । आफूहरूको माग सम्बोधन गर्ने सम्बन्धमा यही असार २१ गते भएको भद्र सहमति एक साता बितिसक्दा पनि पालन नभएकाले साउन १ गतेदेखि अनलाइन क्लास पठाउन छाड्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेका हुन् ।

कोरोना महामारी र सरकारद्वारा घोषित लकडाउनका कारण शिक्षण संस्थाहरू करीब साढे ३ महिनादेखि बन्द छन् । यसबीचमा कतिपय निजी विद्यालयहरूले अनलाइन माध्यमबाट पठनपाठन गर्दै आएका छन् ।