प्रमोदको ‘अरुलाई माया’ मा सनम र समीक्षा



काठमाडौं : गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको ‘अरुलाई माया’ बोलको गीतमा सनम कठायत र समीक्षा पोखरेलको फिचर्ड रहेको छ। गीत एभरेष्ट ग्यालरीको युट्युबमार्फत सार्वजनिक भएको हो। सुदर्शन पोखरेलको शब्द रहेको गीतमा राजकुमार बगरको संगीत छ। भिडियो अन्जन शर्माले निर्देशन गरेका छन्।