पत्रकार ज्ञवालीको लेखन तथा निर्देशनमा छोटो चलचित्र ‘लकडाउन’



अहिले कोरोनाभाइरस प्रकोपका कारण विश्वका धेरै मुलुकले लकडाउनको नीति अख्तियार गरेका छन् । लकडाउन (बन्दाबन्दी) भनेको तिव्र रुपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको ‘सामाजिक दुरी’ कायम गर्ने नीति हो ।

२०१९–०२० लकडाउनको शाब्दिक अर्थ अबरोध गरीएको क्षेत्रमा जो मान्छे जहा छ, त्यहि रहनु भएकाले यसको उद्देश्य कुनै पनि मान्छे निस्फिक्री रुपमा एक ठाउ बाट अर्को ठाउ जांदा हुने जोखिममा कमि ल्याउनु नै हो ।

त्यसकारण निश्चित क्षेत्रका मानिसको यत्रतत्रको आवागमनबाट हुन सक्ने जोखिम (सरुवा रोग सम्बन्धि, आतंककारी हमला सम्बन्धि, प्राकृतिक र प्राबिधिक बिपद सम्बन्धि आदी) घटाउन प्रयोग गरीने कार्यलाइ बुझाउने शब्द नै ‘लकडाउन’ हो ।

सायद कोरोनाका कारण गरिएको लकडाउन मानव ईतिहासकै लामो र पट्यार लाग्दो मानिएको छ । यति बेला हामी पनि यहि समयसंगै चलिरहेका छौ । अहिले हामी लकडाउन संगसंगै लुजडाउनमा पनि छौ । विश्वका धेरै देशमा अहिलेपनि लकडाउन जारी छ । लकडाउन पुर्ण रुपमा कहिले खुल्छ ? अनुमान गर्न सक्ने अवस्था छैन ।

लकडाउनमा आम नागरिकहरुले भोग्नु परेको समस्या कहाली लाग्दो छ । मानव ईतिहासमै पहिलो पटक भोग्नु परेको लकडाउनको बिषयललाई देखाउनेगरि पत्रकार रामजी ज्ञवालीले छोटो चलचित्र निर्माण गरेका छन् ।

ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन् । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा आर्थिक अवस्थाले तड्पिरहेका युवाकी प्रेमिकाले उनीप्रति देखाएको सद्भाव र सहयोगको विषय समेटिएको छ । यसको मुख्य भूमिकामा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिर छन् । चलचित्रलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचिएको छ ।

पत्रकार ज्ञवालीले आफूले निर्देशन गरेको अर्को छोटो चलचित्र छिट्टै प्रदर्शन गर्ने तयारी रहेको पनि बताएका छन् ।