मनोवाद: रुकुम घटनाका दोषीले पाउने सजाए



कर्ण संज्याल । आज २०७७ साल जेठ १५ गते बिहिवार गणतन्त्र दिवस । रातको ठिक ३ बजे । म १ बजे सुतेको थिए तर, एउटा नमिठो सपनाले ब्युझायो, उठे । अनि यो तितो, तर सत्य यथार्थ लेख्न सुरु गरे । ‘रुकुम जाजरकोट घटना’ एउटा प्रेम सम्बन्धको अन्त्य । त्यो पनि जातको कारण वा समाज वा कति अमानवीय कति निन्दनीय र कति पासविक अनि कति क्रूर घटना छ यो सुन्दा मात्र पनि ज्यानै सिरिङ्ग भएर  ती मृतक युवाहरूको तस्बिर हेर्दा मन भक्कानिएर आउछ । गला अवरुद्ध हुन्छ ।

सोच्छु मानव जाति यतिसम्म क्रूर कसरी बन्न सक्छ ? एउटा दलित जातको मान्छेले कथित माथिल्लो जातको केटीसङ्ग माया गरेकै कारण मृत्यु सजाय पाउनु पर्ने ? आफ्नो साथिको खुसीमा रमाउने साथिको लागि ज्यान दिन तयार हुने प्रेमका पुजारी साथीहरू जातकै कारण मारिनु पर्ने ? मान्छे मार्नु नै समस्याको समाधान हो ? हाम्रो सोच हाम्रो समाज परिबर्तन हुन सकेको छैन । कुरिती र कुसंस्कारको जालोभित्र जेलिएका छौ हामी । छुवाछूतको अन्त्य भएको छैन । हाम्रो समाजमा परिवर्तन भएको छैन ।

हाम्रो सोच हाम्रो समाज परिबर्तन हुन सकेको छैन । कुरिती र कुसंस्कारको जालोभित्र जेलिएका छौ हामी । छुवाछूतको अन्त्य भएको छैन । हाम्रो समाजमा परिवर्तन भएको छैन ।

अह पटक्कै भएको छैन । मुखले भनेर मात्र हुनेभए म त बारम्बार भन्छु टनकपुर, सुस्ता, सिक्किम, दार्जिलिङ, कालापानी, लिपुलेक, लिम्पियाधुरा, महेशपुर टिस्टा, काकडा समग्रमा हाम्रै भुमि हो खोइ त छिमेकीको अतिक्रमण रोकिएको छैन ? व्यबहारमा उतार्नु पर्यो । रुकुम जाजरकोट घटनाका बारेमा अनेक टिकाटिप्पणी छन । दोहोरो भिडन्त भनिएको छ । हामीले लखेटेउ उनिहरु भेरिमा हामफाले भनिएको छ । तर मृतकहरुका भेटिएका लासका तस्बिर साक्षी छन । घटना के हो भन्ने आकलन गर्न सकिन्छ ।

नवराज लगाएत उनका साथीहरूले न्याय पाउलान त ? कि निर्मला पन्त हत्या कान्ड जस्तै सेलाउछ त ? के यो घटना राजनीतिकरण हुन्छ त ? यस्ता अनेक प्रश्न उब्जिएको मेरो मनले एउटा बेग्लै जवाफ पायो । दोषीलाई कार्वाही होला, नहोला । नवराज र उनका साथीहरूले न्याय पाउलान, नपाउलान ।  तर एउटा सत्य यो हो कि अपराधीहरुले बारम्बार सजाय पाउनेछन । छट्पटाउने छन । उनिहरुलाइ निन्द्रा पर्ने छैन । चयनको सास फेर्न पाउने छैनन । पटक पटक झस्किने छन । आत्मग्लानी हुने छ ।

एउटा सत्य यो हो कि अपराधीहरुले बारम्बार सजाय पाउनेछन । छट्पटाउने छन । उनिहरुलाइ निन्द्रा पर्ने छैन । चयनको सास फेर्न पाउने छैनन । पटक पटक झस्किने छन । आत्मग्लानी हुने छ ।

तर्साउने छन ती बिछिप्त लासका दृश्यले । मन कुडिने छ । अमिलो हुनेछ । मृतक आत्माले सराप्ने छन । बारम्बार तर्साउने छन, घच्घच्याउने छन  । अपराधीहरु सपनामा पनि बर्बराउने छन । मनोरोगी हुनेछन उनिहरु । आफै सजाय पाउँछन् किनकी उनिहरु अपराधी हुन । हत्त्यारा हुन उनिहरु । क – कस्ले पिटे ? कस्ले के गरे ? हामीलाई थाहा नहोला । तर स्वयंम उनिहरुलाई त थाहा छ । हो यहाँनेर हुन्छ आत्मग्लानी । उनिहरुले कसरी मारे ? मृतकहरुको बिलौना चिच्याहट सुनेका छन, देखेका छन ।

हो यहि कुराले पिरोल्छ उनिहरुलाइ । झस्काइरहन्छ समय समयमा, शान्ति मिल्दैन । अरु केही नभए पनि ती निर्दोष बिछिप्त लासका दृश्यले झस्काउने छन उनिहरुलाइ । पलपल तर्साउने छन, मर्न बाध्य बनाउनेलाइ ।

सामाजिक सन्जालमा फोटो देखेको आधारमा त हाम्रो मन छिया छिया हुन्छ, भने यस्तो निर्मम क्रूर हत्यामा सामेल हुनेहरूको मन कति कुडिएला ? शतप्रतिशत आत्मग्लानी हुनेछ। यो भन्दा ठुलो सजाय के हुन सक्छ र ? तरपनी यो घटनालाई राजनीतिले दबाउन नखोजियोस । दोषीलाई कडाभन्दा कडा कार्वाही होस । निर्दोष नफसोस दोषी नछुटोस ।

संज्याल गायक तथा सचारकर्मी हुन् ।