इपानद्वारा कोभिड १९ राहत कोषमा १ करोड बढि सहयोग

जलविद्युतमा निजी क्षेत्रसंगै अगाडी बढ्ने सरकारको प्रतिवद्धता


निजी क्षेत्रको छाता संगठन इपानले कोभिड १९ को राहत कोषमा १ करोड बढि सहयोग प्रदान गरेको छ । सरकारले स्थापना गरेको कोभिड १९ राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

निजी प्रवद्र्धकहरुको छाता संगठन स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था (इपान)को नेतृत्वमा प्रवद्र्धकहरुले उक्त रकम वारावरको चेक उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेका हुन् । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले रकम हस्तान्तरण गरेका थिए । जलविद्युत प्रवर्धकहरुलाई मोहन कुमार डाँगी र गणेश कार्कीको प्रस्तावमा उक्त रकम जम्मा गरिएको थियो ।

उक्त रकम प्रदेश तथा संघका पदाधिकारीहरुको अगुवाइमा स्वास्थ्य किटहरु कोरोना महामारीबाट हुने जोखिम न्यूनिकारण र उपचारमा खर्च हुने मन्त्री पुनले बताउनुु भयो । मन्त्री पुनले निजी जलविद्युत क्षेत्रका समस्याका बारेमा प्याकेजमा नै राहत सहयोग कार्यक्रम सञ्चालन गर्न प्रवर्धकहरुलाई आग्रह गर्नुभयो । जलविद्युतका प्रथम अभियान्ता कृष्णप्रसाद भण्डारीले निजी क्षेत्रका जलविद्युतलाई आवस्यक पर्ने पूँजी जुटाउन ठूलो चुनौति रहेको कुरा बताउनु भयो ।

भण्डारीले उर्जामन्त्रीको संयोजकत्वमा एउटा विशेषज्ञ राहत कोषको खडा गरी, निजी क्षेत्रका जलविद्युतहरुलाई सहयोग पुर्याउन सकिने कुरामा मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । जलवायु कोष, कार्वन व्यापार तथा पेरिस अभिसन्धीमा भएका नविरकणीय उर्जा प्रतिवद्धताहरुलाई नेपालले पनि लाभ लिन सक्ने कुराको पनि ध्यानकर्षण गराउनु भयो ।