‘लकडाउन’ थप कडा: आजदेखि जिल्लाभित्रका सवारी पास रद्द



काठमाडौं । सरकारले आजदेखि जिल्लाभित्रका लागि जारी गरिएका सबै खाले सवारी पास रद्द गरेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० को जोखिम कम गर्न सरकारले गत बर्ष चैत्र ११ गतेदेखि देशैभर लक डाउनको घोषणा गरेपछि केहि सवारी साधान सञ्चालनका लागि जिल्ला भित्र सञ्चालन गर्न पास दिएको थियो ।

तर दिनप्रति दिन मुलुकमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि लकडाउनलाई सरकारले थप कडा पारेको हो । यसअघि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा लिएको लकडाउनको नीति सफल भएको निस्कर्ष निकाल्दै आएको छ ।

लकडाउनलाई थप कर्डा पार्न यसअघि गृहमन्त्री राम बहादुर थापा सहित काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुको संयुक्त बैठकमा छलफल भएको थियो ।

गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास जेठ १ गतेदेखि नै रद्द गरिएको जनाएको थियो । तर, शुक्रवार सूचना जारी गर्दै जेठ ३ अर्थात आजदेखि जिल्ला भित्रका सम्पूर्ण सवारी पास रद्द गरिएको जनाएको छ ।

अबदेखि अति आवश्यक काम परेर सवारी पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन पेश गर्नु पर्नेछ । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ५ मा सकिदै छ ।