लकडाउनको बन्दी जीवन र नयाँ वर्ष २०७७ !



बिष्णु खनाल । उत्तरी छिमेकी चीनमा कोरोना भाईरसले त्रासदी फैलिएको खबर संगै कतिपयको मृत्यु र सैयौं मानिसहरु प्रभावित भएको खबर संचार माध्यमबाट सम्प्रेषण भईरहेका थिए । चीनको बुहानबाट शुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै अन्र्तराष्ट्रिय जगतसम्म यस भाईरसको प्रभाव परि सकेकोे पछिल्लो जानकारीसंगै कोरोना भाईरसको सन्त्रासपूर्ण अवस्थामा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुलाई उद्धार गरी नेपाल ल्याउनु राज्यको प्रमुख चुनौतिको कसिलो अवस्था थियो ।

त्यो समय चीन हजारौं हजार मानिसहरुको मृत्यु शैंयाको मसानघाट भईसकेको थियो । कोरोना भाईरस जनावरबाट सर्ने एक रहस्यीमयी भाईरस मानिसको शरीरमा संक्रमण गर्दा बाँच्न सकिदँैन भन्ने डर, त्रास र भयका कारण सबै नेपालीहरुको मन मुटु काँतर भईसकेको थियो । नेपाल सरकारले जनतालाई स्वयम्ता अपनाउँन आग्रह गरिरहँदा प्रदेश सरकार र स्थानीय तहले समेत जनचेतनामुलक सूचना प्रकाशित गरी नागरिकलाई धैर्य रहन वक्तव्य जारी गर्दै थिए तर पनि मानिसहरुको मनमा अनेकौं खालका त्रासहरु जन्मि सकेका थिए । देशको शःसस्त्र बाह्र वर्षे जनयुद्धबाट त्रसित, महाभुकम्पबाट पिडित, नाकाबन्दीको मार लगायत संक्रमित रोगबाट ग्रसित नेपाली जनताको स्वाभिमानी पहिचान दुनियाँको नजरमा ज्वलन्त अटल र अमर नै छ ।

नेपालमा कोरोनाको त्रासबाट म पनि अछुतो रहन सकिन ता पनि म मेरो कर्ममा दिनभरी जवरजस्त नियमित व्यस्त हुनुपर्ने बाध्यता नै थियो । अन्र्तराष्ट्रिय परिवेशको समाचार कानमा गुञ्जयमान हुँदा शरीरको सबै उर्जावान शक्ति ह्रास भईसकेको महशुस हुन्थ्यो मलाई । म बाल्यकालदेखि खुला संसारमा साथीसंगीको अपार मायामा रमाउँन मैले मेरो जीवनमा थकाई र निराश भन्ने शब्दको अर्थ नै भेटाउन नसकेको मान्छे । मेरो व्यक्तिगत जीवन मेरो घर परिवारको खुशीको लागि मात्र होईन मेरो सपनाको कल्पना थियो । विषय प्रशंगले अर्को अर्थ लगागेमा, तत्कालिन समयमा विश्लेषणात्मक टिप्पणीको छलफल तथा बहसले निकै चर्चा पाईरहेको हुँदा ततःसमय मेरो ध्यान केन्द्रित हुन सकेको थिएन ।

चैत्र १० गते साँझ अबेर घर पुगि टि.भी च्यानल खोल्दा ब्रेकिङ न्युज ‘लकडाउनको निर्णय’ नै मेरो पहिलो नजरमा देखियो । लकडाउनलाई अथ्र्याउन खोजे तर संश्लेषण गर्न सकिन र संक्रामक रोग सम्बन्धी ऐन २०२० को अध्ययन गरे सो पश्चात मनमा ठुलो आँधि हुरी चल्यो रात्रिकालिन समयमा म निन्द्रामा मस्तिए । पछिल्लो बिहानीपख सपनाको संसारमा म चार बजे र्जुमुराए बिस्तारामा अनेकौं खालका लहरहरु थाम्नै सकिएका थिएनन । उज्यालो हुँदै गयो बाहिरी वातावरण सुनसान थियो, सबेरै घरबाट निस्किने मान्छे आज कस्तो लाग्यो त छोरा आमाको आवाज म तर्फ केन्द्रित थियो घरको अगाडि नजिकै सडकमा जान्थे फेरी फर्केर आँगनमा आईहाल्थे मैले आफुलाई नियन्त्रण गर्न सकिरहेको थिएन ।

स्थानीय सरकार लम्कीचुहा नगरपालिकाले जनताको सुरक्षाका लागि सरकारको निर्णय कार्यान्वयनमा अपिल जारी गर्दै रोगको नियन्त्रण र रोकथामका लागि गाउँ गाउँमा सूचना प्रसारण गर्दै युद्धस्तरबाट लागि परेको थियो, सरकारको निर्णय कार्यान्वयन गर्नु मेरो प्रमुख दायित्व पनि थियो । लकडाउनको पहिलो दिन मैले आफुलाई समाल्नै नसकि ठुलो पिडा सहेर घरको नजरबन्दमा घरी बाहिर घरी भित्र छटपटाई रहेको थिए । क्रमशः लकडाउनका अनेकौं दिनहरुसंग संघर्षरत जुध्दै विस्तारै पारिवारीक जीवनको नयाँ अनुभुतिमा रमाउन थाले । घरको कोठामा यतिका दिनसम्म बन्दी भएर बस्दा म आफै भौतारिएको पल मेरा दिनचर्या कसरी बिते २० औं दिनमा आएर मैले स्मरण समेत गर्न सकिन ।

यसको श्रेय लकडाउनमा रमाउन र सान्त्वना दिन तल्लिन भएर सहयोग गर्ने मेरो अनुशासित परिवार, प्रेरणादायी साथि एवं सामाजिक संजालमा मलाई माया गर्ने, सुझाव सल्लाह दिने र हौसला प्रदान गर्नु हुने सम्पूर्ण मित्रजनहरुप्रति कृतज्ञ छु । संसार जित्ने हो भने इच्छा शक्ति नै बलियो हुनुपर्छ यो मेरो जीवनमा लकडाउनबाट प्राप्त भएको सिकाई हो ।

लकडाउनको २० औं दिनमा २०७६ साललाई अन्तिम बिदाई गर्दा नयाँ वर्षको हर्ष उल्लासमा मन नबहकिएको पनि छैन । २०७६ सालका डर, भय त्रासहरु पुनः नदोहोरिने कामना गर्दै मेरो जीवनको पहिलो क्षण बैशाख १ गते नयाँ वर्षको खुशी लकडाउन (कोठा) भित्र मनाउँदै छु । कोरोना भाईरसको सन्त्रासबाट आक्रान्त हुनु भएका स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि नयाँ वर्ष २०७७ साल खुशीयाली वर्ष बनोस्, राज्यले ठुलो उपलब्धि हासिल गरोस् र कोरोना भाईरसबाट बँच्न बँचाउनका लागि सुरक्षित रहन नगरबासी जनतामा थप उर्जा प्रदान होस् भन्दै बन्द कोठाबाट नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लेखक  खनाल अधिवक्ता तथा माध्यमिक विद्यालय शिक्षक युनियन, केन्द्रीय कार्यसमिति सचिव समेत हुन् ।