चिरञ्जीवीको “भाग कोरोना” मा दुर्गेश थापा देखि टंक तिमिल्सैना



काठमाडौं । सञ्चारकर्मी तथा रंगकर्मी चिरञ्जीवी सापकोटाले कोरोना भाईरस (कोभिड १९) विरद्ध सचेतनामुलक गीत सार्वजनिक गरेका छन् । कोरोना भाइरसले विश्वभर आक्रान्त बनाईरहेका बेला सापकोटाले आफ्नै आवाजमा यस सम्बन्धीको सचेतना मुलक र्याप गीत सावजनिक गरेका हुन् । उनले गीत मार्फत सबैलाई सचेत हुन आब्हान गर्दै राज्यसंयन्त्र तथा सरोकारवालालाई नियन्त्रणका लागि गर्नपर्ने सर्तकताका सबै कार्य गर्न पनि आग्रह गरेका छन् ।

उक्त गीत विन्दास मिडिया नेटवर्क को प्रस्तुति एवम् निर्माणमा तयार भएको हो । गीतमा सञ्चारकर्मी सापकोटाको शब्द र स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गितको भिडियो लाई निर्देशन गरेका छन्। गीतको संगित संयोजन बिपिन आचार्यले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्।

गितमा टेकेन्द्र साहको सम्पादन र छायांकन डम्बर राईको रहेको छ । गितमा चिरञ्जीवी सापकोटा र जिबेश गुरुङको मुख्य भुमिका रहेको छ भने रङ्गकर्मी एवम् कलाकार शिशिर भण्डारी,कलाकार दुर्गेश थापा,गायक टंक तिमल्सिना,चक्र बम, हास्य कलाकार उमेश राई (फुलेन्द्रेकि आमा)को समेत अभिनय छ। गीतमा कोरोनाका भाइरसको संक्रमणबाट जोगिन लकडाउनमा बस्न परिरहेकालाई मनोरञ्जनका साथै सन्देश दिन खोजिएको छ ।

सरकारले जारी गरेको लकडाउनको बेवास्ता गर्ने, परम्परावादी सोचबाट यसलाई भगाउने भन्दै विभिन्न कर्तुत गर्ने र लकडाउनको दूरुपयोग गरी अफवाह फैलाउन खोज्नेलाईसमेत गीतबाट ब्यंग्य गरिएको छ । साथै आम मानिसलाई नआत्तिन, सरकारको आग्रह मान्न र जतिसक्दो आफै सचेत हुँदा यस्तो संक्रमणबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो गीतमार्फत् आग्रह गरिएको छ ।