बुलिङ्गटारमा ट्याक्टर दुर्घटना हुदाँ ४ जनाको ज्यान गयो, १५ जना घाईते



पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा गए राती भएको ट्याक्टर दुर्घटनामा चारको ज्यान गएको छ भने १५ जना घाईते भएका छन् ।

बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा यमसिहं सारु मगर, नरबहादुर सुस्लिगं मगर, नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना साँझ ८बजे तिर भएका पनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका स्थानीय शिक्षक भबिलाल रानामगरले बताउनुभयो । दुर्घटनामा घाईते भएकाहरु मध्ये दुइृको अबस्था गम्भीर रहेको र घाइतेको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।