क्रिकेट लिग दुई: नेपाल भर्सेज अमेरिका, टस जितेर नेपाल फिल्डिङ्गमा



काठामाडौँ – नेपालले आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन दुई अन्तर्गत बुधबार अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जितेर फिल्डिङ्ग रोजेपछि अमेरिकाले ब्याटिङ्ग गरिरहेको छ ।

विश्वकप छनौटको आधारका रुपमा रहेको प्रतिस्पर्धा अन्तर्गत नेपाल र अमेरिकाबिचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।

अहिलेसम्म भएका तीनै खेलमा अमेरिका पराजित भएको छ । नेपालले तीन मध्ये दुई खेलमा हार बेहोरेको छ । नेपालले यसअघिको खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । अमेरिका ओमानसँगका दुवै खेलमा पनि पराजित भएको छ ।

ओमानले नेपाललाई पनि दुवै खेलमा पराजित गरेको छ । पहिलो खेलमा ओमानले नेपालमाथि १८ रन तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।ओमानले शृङ्खलाका चारै खेलमा जित निकालेको छ र उ तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

अमेरिका दोस्रो स्थानमा छ भने नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।