दिनभरको देशको मौसम: आंशिक बदलीको अवस्थामा रहने



काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम मंगलबार दिनभर आंशिक बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली प्रभाव नरहेको मौसमविदले बताएका छन् । तर स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुनेछ ।

हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली भएको छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम आंशिक बदली हुनेछ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ।