गृहमन्त्री थापाको भाइलाई जेलमा राख्न अदालतको आदेश



गृहमन्त्री राम बहादुर थापाको भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

संगठित अपराध आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोजमा १ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोडेको थियो । राजधानी दैनिकमा खबर छ ।