‘अख्तियारले मन्त्रीपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन मिल्दैन’

गच्छदारलाई विना प्रमाण मुद्धा चलाएको दावी


नेपाली कांग्रेसका नेता डा. रामशरण महतले गलत मनसाय राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही चलाएकाले कांग्रेसले विरोध गर्नुपरेको बताउनुभएको छ । उहाले अख्तियारले सरकारको छाँयाका रुपमा काम गर्दा नीतिगत निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर गलत काम गरेको आरोप लगाउनुभयो ।

पत्रकार ऋषी धमलासंग कुरागर्दै महतले भ्रष्टाचारीलाई बचाउने अभियानका कांग्रेस नलागेको तर, संवैधानिक अंगका रुपमा रहेको अख्तियारले मन्त्रीपरिषदले गरेको नीतिगत निर्णमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर अरु मन्त्री र कर्मचारीलाई मात्रै कारवाहीको प्रक्रिया अगाडी बढाउनुले गलत संस्कारको विकास भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले नीतिगत निर्णय गरेकाले उनिहरुलाई कारवाही गरिनुपर्ने भन्दै कांग्रेस नेता विजयकुमार गच्छदारलाई विना प्रमाण मुद्धा चलाएको दावी गर्नुभयो । महतले भन्नुभयो,‘यो गलत निर्णय भयो । निस्पक्ष ढंगले यसको छानविन हुनुपर्छ । मन्त्री परिषदले गरेको निर्णय हो । त्यसकारण मन्त्रीपरिषदले गरेका निर्णयमा प्रधानमन्त्रीलाई पनि कारवाही गर्नु पर्छ’ ।