टंक तिमिल्सैनाको जीवनशैली-‘पढाई छोडेर गल्ती गरेको महशुस हुन्छ’



छोटो समयमै कलाकारिता क्षेत्रमा निकै चर्चा कमाएका गायक हुन्, टंक तिमिल्सिना । टंकले हरेक गीतमा आफ्नै लगानी, शब्द-संगीत भर्दै सांगीतिक क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका छन् । अछाममा जन्मिएका टंक साधारण परिवारका सदस्य हुन् ।

टंक आफ्नो जीवन शैलीका विषयमा शैली न्युजसंग यसरी खुले ।

बानी
मलाई सबैभन्दा नरम बानी भएका मान्छे मनपर्छ । सबैभन्दा मन नपर्ने बानी भनेको रीस र शंकालु हो ।

खाना 
मलाई सामान्य खाना मन पर्छ । खानामा  दाल, भात, तरकारी र रोटी लिने गर्छु । होटेलको खाना मन पर्दैन ।

लुगा
म आफूलाई सुहाउँदो र आर्थिक अवस्थाले भ्याएसम्मको लुगा कपडा छान्ने गर्छु । सपिङमा साथी पनि लिएर निस्कन्छु ।

 

मनपर्ने नेपाली नायक राजेश हमाल हुन् । उनी अभिनीत चलचित्र धेरै हेरेको छु । उनको साधारणपन र नेपालप्रतिको माया गर्ने बानी मलाई औधी मन पर्छ । त्यस्तै बलिउडमा मेरा मनपर्ने नायक शाहरुख खान हुन् । उनको अभिनय धेरै मनपर्छ । नेपाली चलचित्रमध्येमा ‘मुग्लान’ मनपर्छ । चलचित्रमा मुग्लान झर्नुको यथार्थ र नेपालीपन झल्काइएको छ । यो कुराले मन छोएको छ  ।

 

फेसबुक
मलाई फुर्सद हुनासाथ अनलाइनमा बस्न मन पर्छ । कति समयसम्म अनलाइनमा बस्छु हिसाब नै छैन । राती ब्युँझिंदासमेत फेसबुक खोली बस्ने बानी छ मेरो । फेसबुकमा समाचार, अरूका स्टाट्स हेर्न मन पर्छ ।

राजनीतिज्ञ
मलाई दुईजना राजनीतिज्ञ मन पर्छ, ती हुन्, केपी शर्मा ओली र प्रचण्ड । यी दुईटाको राजनीतिमा देखिएको योगदान र वाक् पटुता मलाई मनपर्छ ।

गल्ती 
मलाई पढाई छोडेर ठूलो गल्ती गरेको महशुस हुन्छ । अहिले पढाईलाई निरन्तरता दिएको भए डिग्री गर्थेँ होला ।

 

रुवाई 
म धेरै रोएको छु । त्यसमध्ये एक वर्ष अगाडि मेरो जेठो दाइको मृत्यु हुँदा छटपटिएर रोएँ । म मलेसियामा थिएँ, तीन दिनपछिको टिकट थियो । म आउँदा शव जलाइसकेको थियो । मैले आफ्नो दाइको शवसमेत हेर्न पाइँन् ।

स्मरणीय क्षण
मलाई सबैभन्दा बढी पहिलोचोटि गीत गाउन रेकर्डिङ स्टुडियो छिर्दाको क्षण सम्झना मनपर्छ । त्यसबेला मैले स्वर्ग पुगेको आभास गरेँ भने ढुकढुकी पनि निकै चढेको थियो ।

सेक्स
म सेक्सलाई सामान्य तरिकाले लिन्छु । मसँग सेक्स अनुभव छ । प्राकृतिक कुरालाई नकार्न सकिँदैन । जसरी दाल, भात, तरकारी खाना चाहिन्छ । सेक्सको पनि उत्तिकै अपरिहार्यता हामीलाई छ ।

सुताई 
म राती नांगै सुत्छु । नांगो नसुत्दा निद्र्रा नै लाग्दैन । साथीहरू हुँदा पनि पेन्टीबाहेक सबै खोलेरै सुत्छु ।

मदिरा
म कैंयन दिनहरूमा मदिरा सेवन गरी विन्दास तरिकाले सुतेको छु । मदिरा सेवन गरी हल्लाखल्ला गर्ने बानी छैन । खाँदाखाँदा त्यहीँ सुतिदिन्छु । आफ्नो स्तरका साथीसँग मात्र मदिरा सेवन गर्छु ।

आमाबुवा 
मलाई दुःख पर्दा आमालाई एकदमै सम्झन्छु ।  स्टेजमा जाँदा बुबालाई सम्झन्छु ।