सिटिजन्सले ल्यायो वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’ योजना



काठमाडौँ– सिटिजन्स बैंकले वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा ल्याएको छ। बैंकले युवा तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गरी ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो।

यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनैपनि शाखामार्फत शून्य मौज्दातमा खोल्न पाउने बैंकले जनाएको छ।

यस खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउनुका साथै अन्य सुविधाहरु पनि उपलब्ध हुनेछन्।

यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैंकिङ र मोबाइल बैंकिङमा  प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।

यस खाताबाहकहरुले जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्नुका साथै दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ।