अछामको बिनायक पञ्चदेवलका वडाध्यक्षको मृत फेला, हत्याको आशंका



काठमाडौं : अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन्। अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्। ‘अध्यक्ष मृत फेला पर्नुभएको छ हामी घटनास्थलमै छौं प्रहरी आइपुगेको छ।’ पञ्चदेवल नगरपालिकाकी उपाध्यक्ष अम्बिका चलाउनेले जानकारी दिईन। प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ। धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित भएका थिए।