नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २२ औँ वार्षिक साधारणसभा सम्पन्न



नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

सभाबाट पारित १५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्तापूँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने बैंकले जनाएको छ ।
यस्तै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यहीक्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण कार्यकालागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेका बैंकले जनाएको छ ।