माघ १७ देखि नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्सपो हुने



काठमाडौँ- नेपाल उड ईन्टरनेशनल एक्सपो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्सपो माघ १७गतेदेखि हुने भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फर्निचर ट्रेड फेयर एण्ड ईभेन्टस् प्राईभेट लिमिटेडले संयुक्त रुपमा आयोजना गर्न लागिएको हो। फर्निचर एक्सपोमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताले काठ ब्यबसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँप्रविधिको प्रदर्शनी गरिनेछ।

प्रदर्शनीमा विश्‍वका देशका २०० भन्दा बढि ख्यातीप्राप्त ब्राण्डका १५० भन्दा बढी स्टल रहने छन्। पाँच वर्षदेखि हुँदै आएका यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा उडओर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मसिनरिज, पावर टुल्स, प्लाइउड , डोर्स एण्ड उईनडोज, फिटिङस, उड एसेसरिज, र मटेरियल्स, ईनटरियर डिजाईन, होम डेकोर तथा फिनिसड प्रोडक्टको उल्लेखनीय सहभागिता रहनेछ।

यस छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्यातीप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षीत वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन्।

यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ।यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ। यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु हो।

साथै यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलता पुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउनेछ।