थुना मुक्त हुदैँ आस्थाले भनिन् – ‘प्रहरी त साँच्चै जनताको साथी रहेछ’



काठमाडौँ । गायिका आस्था राउतले गल्ति आफुबाटै भएको भन्दै प्रहरीको प्रशंसा गर्नु भएको छ । अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भएको बताउनुभयो ।

प्रहरी हिरासतमा रहँदा आफु माथी कुनै नराम्रो व्यवहार नभएको भन्दै आफुले प्रहरीलाई जुन रुपमा बुझेको थियो त्यस्तो नरहेको बताउनुभयो । हँसिलो मुहारमा आफ्नो बुवासँग रहेकी आस्थाले प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताउनुभयो ।

४ हजार रुपैयाँ धरौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ ।