प्रदीप र अलिशाको नृत्यमा गम्बुको ‘वेलकम टु माइ हर्ट’ सार्वजनिक



गायक गम्बु शेर्पाले नयाँ गीत ‘वेलकम माई हार्ट’ सार्बजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकारहरुका सामु आफ्नो नयाँ गीत ‘वेलकम माइ हार्ट’ भिडियो सार्वजनिक गरेका हुन ।आशुसेन लामाको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा रिकेश गुरुङको संगीत रहेको छ । गायक गम्बु शेर्र्पाको स्वर रहेको यस गीतमा प्रकाश लामा र आशुसेन लामाको सहगायन रहेको छ ।

निर्देशन प्रदीप लामाको रहेको ‘वेलकम माइ हार्ट’मा कलाकारहरु प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ,मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाही रहेका छन् ।भिडियो सम्पादन पवन सुस्लिङ्गको रहेको छ भने प्रदीप लामाको कोरियोग्राफ रहेको छ । सहायक कोरियोग्राफर श्रीजन रावल रहेका छन् ।