शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल



काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल हुँदै छन् । दिउँसो १२ बजे हुने खेलमा न्यूरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म भएका पाँच मध्ये दुई खेलमा जित, दुईमा हार र एक खेलमा बराबरी गरेको एनआरटी पाँच अंकसहित नवौँ स्थानमा छ । गएको सिजन पुछारमा रहेकाले एनआरटीबाट यो सिजन दुई अंक काटिएको छ । यस्तै दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको पुलिस क्लब ८ अंकसहित छैटौँ स्थानमा छ ।

यस्ते दिउँसो ३ बजेपछि हुने खेलमा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको (एपिएफ) सँग प्रतिस्पर्धा गर्नेछ।

पाँच खेल मध्ये एकमा जित तथा दुईमा बराबरी र दुईमा पराजित भएको च्यासल पाँच अंकसहित १० औँ स्थानमा छ । यस्तै एकमा जित एकमा बराबरी र तीनमा हार बेहोरेको एपिएफ चार अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।