कश्मीरमा फेरि पाकिस्तानले आक्रमण गर्यो: दुईजना मारिए, तीन घाइते



जम्मू–कश्मीरको पुंछ जिल्लामा गएको शुक्रबार भएको आक्रमणमा दुई सर्वसाधारण मजदुरको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।

शुक्रबार पाकिस्तानको बोर्डर एक्सन टिम (बिएटी) गरे गरेको आक्रमणमा दुईजनाको ज्यान गएको भारतीय सेनाले जनाएको हो । भारत–पाकिस्तान सीमा नियन्त्रण रेखा नजिकै सो घटना भएको हो ।

एक मजदुरको घटनास्थलमै मृत्यु भएको हो । अरु चारजना घाइते भएका थिए । घाइते मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । तीन घाइतेको हाल उपचार जारी छ ।

मृत्यु भएका दुवै पुंछ जिल्लाको कासालियान गाउँका हुन् । उनीहरुको नाम मोहम्मद असलम र अल्ताफ हुसैन रहेको सेनाले जनाएको छ । मृतक मध्ये एकजनाको टाउको समेत काटिएको सैनिक अधिकारीले बताएका छन् ।