राप्रपामा प्रवेश गर्नेको लहर: बराहक्षेत्रमा एकै दिन ९७ जनाको प्रवेश



सुबिन बिश्वकर्मा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नगर कार्यसमिति बराहक्षेत्रले पछिल्लो समय कार्यकर्ता प्रवेशमा विशेष ध्यान जोड दिएको छ। पार्टीलाई शसक्तीकरण, हिन्दु राष्ट्र एबम् राजसंस्था पुनः भित्र्‍याउने तथा आगामी चुनावमा पार्टीलाई अग्र स्थानमा पुर्याउने उद्देश्यका साथ पार्टी गतिविधि बढाईएको हो।

राप्रपाले पार्टी सुदृढीकरणका निमित्त देशभरनै गर्दै आएको विभिन्न कार्यक्रम अन्तगर्त राप्रपा बराहक्षेत्र नगर कार्यसमितिले सनिवार करिब सय जनाको हाराहारीमा कार्यकर्ता प्रवेश गराएको छ।

अमाह सिमसारमा भएको औपचारिक कार्यक्रममा मिडिया नेपाल १ नम्बर प्रदेशका अध्यक्ष बिजय राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रमको राप्रपा बराहक्षेत्र नगर कार्यसमितिका संयोजक अर्जुन भट्टराईको सभापतित्व रहेकोे थियो।

त्यसैगरी अतिथिहरुमा जिल्ला सदस्य राम ठकुरी ,४ नम्बर क्षेत्रीय अध्यक्ष टेक बहादुर घिमिरे ,पुर्ब नगर संयोजक दिपक कार्की, नगर महिला संगठन उपाध्यक्ष लक्ष्मी कार्कि लगाएत रहनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि राउतले देशको समृद्धि ,शान्ति तथा स्थायित्वका लागि राप्रपाले उठाएका मुद्दाहरूको सान्दर्भिकता रहेको बताएका छन् । देशको सार्बभौमसत्ता ,अखण्डता तथा स्वाधीनताका लागि राप्रपा अबको निर्बिकल्प पार्टी रहेको बताएका छन् ।

नवप्रबेशी कार्यकर्तालाई शुभकामना दिदै अब सबै एकजुट भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताउदै अबको चुनावमा पार्टीले राम्रो मत ल्याउने बिश्वास व्यक्त गर्दै सबैलाई बिचार गरियो अब एकपटक राप्रपालाई बिचार गर्नुपर्ने नगर अध्यक्ष भट्टराईले बताएका छन् ।