बहुप्रतिक्षित रेल्वे विधेयक २०७६ राष्ट्रियसभामा पेश



बहुप्रतिक्षित रेल्वे विधेयक राष्ट्रियसभामा पेश भएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले रेल्वे विधेयक २०७६ पेश गरेका हुन् ।

बैठकमा भएको प्रारम्भिक छलफलमा सांसदहरुले विधेयक ढिलै भएपनि संसदमा पेश भएर छलफल गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । साथै संसदहरुले विधेयकमा भएका कमी कमजोरीलाई हटाउँदै समृद्ध बनाउन आफुहरुले भूमिका खेल्ने बताएका छन् ।