ज्यान मार्ने उद्योगका फरार अपराधीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो



काठमाडौं– प्रहरीले ज्यान मार्ने उद्याेगका फरार अपराधीलाई गोली हानेर नियन्त्रणमा लिएको छ।

बौद्ध प्रहरी वृतको टोलीले सिन्धुपाल्चोकका विष्णु तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो। घाइते तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ। तामाङको शरीरमा एउटा गोली लागेको प्रहरीले जनाएको छ।

तामाङलाई कपनको जम्बु डाँडामा नियन्त्रणमा लिन गोली हानेको प्रहरीले दावी गरेको छ।