राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलिया सरकार र नागरिकप्रति सहानुभूति प्रकट



राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो समवेदना तथा साहनुभूति प्रकट गरेकी छिन् ।

अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले त्यहाँको सरकार र जनताको सामूहिक प्रयासबाट आगलागी नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ डढेलोबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनाका साथै तथा व्यापक सम्पत्ति क्षति भएको उल्लेख गरिएको छ ।