मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा



मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे ।

खेलको ३१ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ ।