खुमन अधिकारी र कालिकाको ‘सञ्चो होला की’ छोटो समयमै लोकप्रिय



लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायिका कालिका रोकाको सञ्चो होला की बोलको गीत छोटो समयमै लोकप्रिय बनेको छ । यो गीत यूटूब ट्रेण्डिङमा पर्न सफल भयको थियो । गीतमा नायिका तथा मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको अभिनय रहेको छ ।

गीतमा बाबुराम बोहोराको शब्द रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ । गीतमा रक्षा एक हस्पिटलकी नर्स बनेकी छन् भने सुनिल बिरामी भएर हस्पिटल भर्ना भएको देखाइएको छ ।

सुनिल क्षेत्रीले कोरीयोग्राफी र निर्देशन रहेको यस गीतलाई अमृत चापागाईको सम्पादन रहेको छ । गीतमा म्युजिक एरेञ्ज कमल सौरागको रहेको छ ।