आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने, स्वस्थानी ब्रत गर्नेलाई कुनै असर नपर्ने



आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।नेपालमा ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर विहान ३ बजेसम्म ९चार घण्टा आठ मिनेट० रहनेछ ।

चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिने भएको छ । सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ ।

स्वस्थानी ब्रत गर्नेलाई ग्रहणको कुनै असर नपर्ने पनि वताईएको छ । यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।