धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त, मन्त्रिपरिषद्का १४ निर्णय



सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा मोरङका भिष्मराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार मन्त्री गोकुल बाँस्कोटाले  ढुंगानालाई नियुक्त गर्ने निर्णय भएको बताए ।

बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृति लगायतका १४ निर्णय गरेको छ।

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णयहरुः


यस्तै, मन्त्रिपरिषद्ले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत आपूर्ति भइरहेकोमा विद्युत उपभोगकर्ता उद्योगी व्यवसायी र विद्युत प्राधिकरणबीच देखिएको विवाद लगायतका विषय समाधानका लागि १५ दिनभित्र अध्ययन गरी सुझावसहितको सिफारिस गर्न समिति गठन गरिएको छ ।