ईरानसंग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका सहमत, राष्ट्रसंघलाई लेख्यो पत्र



इरानसंग बिना सर्त वार्ताका लागि अमेरिका तयार भएको छ ।  केहि दिन यता अमेरिका–ईरानबिच तनाव चुलिएको थियो । गत साता अमेरिकाले हवाई आक्रमण गरि इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरेको थियो ।

त्यस यता दुई देशबिच तनाव बढेको थियो । इरानी सैन्य कमाण्डर एवं मध्यपूर्वकै युद्द र सुरक्षाका रणनीतिकार मानिएका सुलेमानीको हत्यापछिे विश्व तरंगित बनेको छ । तर केही दिनयता दुई देशबीच तनाव चुलिएको भए पनि अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै इरानसँग ’बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको हो ।

इराकी सरकारको अनुरोधमा अमेरिकी सैनिकहरू त्याँहा गएका हुन् । ति सैनिकहरुमाथी भएको घातक आक्रमणको जिम्मेवारी सुलेमानी रहेको अमेरिकाले तर्क गर्दै आएको थियो । संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ ।

अमेरिकी पत्रमा के छ ?

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानक कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य’ले वार्ता गर्न तयार रहेको बताएकी छन्।

सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ। सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ।

उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ।

इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमणलाई उचित ठहर्‍याएको छ। इरानका दूत माजिद तख्तले तेहरानले युद्ध नचाहेको बताएका छन्।