ट्रोलरलाई उत्पादनशील हुन बलिउड नायिका वाणी कपूरको सुझाब



सन् २०१९ को सफल चलचित्र ‘वारु’ मा देखिएकी बलिउड वाणी कपूर सामाजिक सञ्जालमा अपडेटेड छिन् । उनी आफ्ना क्रियाकलाप हरू सामाजिक सञ्जालमा साझेदारी गरिरहन्छिन् । यसै क्रममा उनले एक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

उनले मिरर सेल्फीुमा उनको स्टाइलिस लुकसहित आकर्षक शरीर देखिएको तस्बिर पोस्ट गरेकी थिइन् । जसलाई एक इन्स्टाग्राम प्रयोगकर्ताले ट्रोल बनाउने कोसिस गरेका छन् । प्रयोगकर्ताले उनलाई मजाक गर्दै कुपोषणको सिकार भएको हो ? भन्ने कमेन्ट गरेका थिए ।