किन निदाउनु आवश्यक छ, कुन उमेरकाले कति समय सुत्ने ?



कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ ।

साथै कम निन्द्राको कारणले मानसिक तनाव जस्ता बिभिन्न  समस्याहर पनि देखिन सक्दछन्। मानिसको लागि उमेर समूह अनुसार कति समय सुत्नु आवश्यक छ भनेर जानकारी राख्नु उपयुक्त हुन्छ ।

३ महिना देखि ११ महिनासम्मको नवजात शिशुको लागि : १४ देखि १५ घण्टाको सुत्न आवश्यक हुन्छ ।
१२ देखि ३५ महिनाको बच्चा : १२ देखि १४ घण्टाको सुत्न आवश्यक छ ।
६ देखि १० वर्षको स्कुल जाने बच्चा : १० घण्टा सुत्न आवश्यक छ ।
११  वर्ष देखि १८ वर्षको उमेस समुहको लागि  कम्तिमा ९ घण्टा निदाउन आवश्यक छ ।

जागिरे मानिस जसको उमेर २० वर्षभन्दा माथि छ, उसको लागि कम्तिमा आठ घण्टाको निन्द्रा आवश्यक हुन्छ ।

बुढापाकाको लागि सुत्नको कुनै समयसिमा छैन निर्धारण गरिएको छैन । समयमा सुत्ने र समयमा उठ्ने गर्नाले मानिसलाई सरल जीवन र स्वस्थ्य जीवनका लागि सघाउ पुग्नेछ ।