सानिमा बैंकले दियो आँखा अस्पताललाई वाटर प्यूरीफिकेशन मेसिन



काठमाडौंँ–सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

पोखरा महानगरपालिका–१७, घारीपाटन स्थित हिमालय आँखा हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तान्तरण गरिएको हो । उनले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए ।

हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति आभार व्यक्त गरे ।