महंगीयो सुन: बजारमा छापावाला सुन ७५ हजार ५ सयमा कारोबार



काठमाडौँ । सुनको मूल्य आइतबार ७५ हजार ५ सय पुगेर इतिहासमै महंगो मुल्यमा कारोबार भएको छ । शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भएको सुनले आइतबार प्रतितोला १ हजार रुपैयाँ वृद्धि भएर अहिले सम्मकै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७५ हजार ५ सय तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

गएको बिहीबारदेखि बजारमा सुन दैनिक १ हजारका दरले मूल्य वृद्धि हुँदै आज तोलाकै साढे ७५ हजार रुपैयाँ पुगेको हो । इरान र अमेरिकाबीचको तनावको असरले सुनको मूल्य वृद्धि भएको महासंघको भनाइ छ ।

सुनको मूल्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । गएको बिहीबारर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार पनि सोही मूल्य कायम रहेको महासंघको भनाई छ ।