महाधिबेशन गर्नु पर्ने बेला विभाग गठन तर्फ लाग्न हुन्नः चन्द्र भण्डारी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले महाधिबेशनको संघारमा पार्टीका विभागहरु गठन गर्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । उहाँले कांग्रेसको १३ औँ महाधिबेशन भएको चारवर्ष पुग्न लागेको र १४औँ महाधिबेशन गराउन तत्काल लाग्नुपर्ने बेलामा विभाग गठन तर्फ लाग्न नहुने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहषमा ऋषी धमलासंग कुरा गर्दै कांग्रेस नेता भण्डारीले बिधानले सभापतिलाई विभाग गठन गर्ने अधिकार दिएको तर, महाधिबेशन भएको दुई महिनामा गठन हुनुपर्ने विभागहरु चारवर्ष वितिसकेपछि मात्रै गर्न भने अधिकार नदिएको तर्क गर्नुभयो ।

विभाग गठन गर्ने विषयमा सभापतिले पार्टीको वैधानिकता, विधिवता र विधान मिचिसकेको भन्दै डा भण्डारीले महाधिबेशनको मुखमा पार्टीका विभागहरु बनाउदा कांग्रेसको आन्तरिक विवाद फेरी बल्झाउने दावी गर्नुभयो ।

नेता भण्डारीले मुलत नेविसंघ, तरुण दल, प्रेस युनियन, महिला संघलगायतका भातृ संगठनका विषयमा चाडो निर्णय गर्नका लागि केन्द्रीय समितिमा साझा सहमतिको प्रस्ताव आउनुपर्ने बताउनुभयो । आगामी महाधिबेशनको कार्यतालिका सार्वजनिक गरेर क्रियाशिल सदस्यता नविकरण र आन्तरिक निर्वाचनतर्फ पार्टीलाई लैजान ढिला भइसकेको भण्डारीको भनाइ छ ।