दिल्लीको रानी झांसी रोडस्थित खाद्यान्न मन्डीमा आगलागी, ३२ जनाको मृत्यु



भारतको राजधानी दिल्लीको रानी झांसी रोडस्थित खाद्यान्न मन्डीमा आगलागी हुँदा कैयौँ व्यक्तिको ज्यान गएको आशंका गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीले भनेको छ कि यो घटनामा अहिलेसम्म कम्तिमा ३२ जनाको मृत्यु भएको छ।

घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको छ । अहिले पनि कैयौँ व्यक्तिहरु आगलागीमा फसेको अनुमान गरिएको छ। लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले भनेका छन् कि उनको टीमले घाइतेहरुको उपचार गरिरहेको छ ।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले भनेका छन् कि उनको टीमले अहिलेसम्म ५० जना भन्दा धेरैको उद्धार गरेको छ । उनका अनुसार उद्धारको कार्य अहिले पनि चलिरहेको छ ।

साघुरो सडकका कारण दमकलहरु आगलागी भएको स्थानमा जान समस्या भइरहेको उनले बताए ।