मेस्सीले अन्तिम समयमा गरे ‘खतरा’ गोल, बार्सिलोना माथि उक्लियो



कप्तान लियोनल मेस्सीले अन्तिम समयमा गरेको गोलको सहयोगमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना पुनः स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

आइतबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा ८६ औँ मिनेटमा मेस्सीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

मेस्सीले अन्तिम समयमा एक गोल गरेर टिमलाई महत्वपूर्ण तीन अंक दिलाई पुनः शीर्ष स्थानमा लगेका हुन् । बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको हो ।

मेस्सीको गोलको सहयोगमा जित निकालेको बार्सिलोनाको १४ खेलबाट ३१ अंक भएको छ । रियल मड्रिडको पनि समान ३१ अंक नै छ तर उ गोल अन्तरका आधारमा पछि परेको हो ।

मेस्सीले ज्यान ओब्लाकले प्रहार गरेको कर्नरलाई सुन्दर रुपमा गोलमा परिणत गरेका हुन्।

एथ्लेटिको मड्रिडका लागि मारिओ हेर्मोसो र अल्भारो मोराटाले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर उनीहरुका प्रहार बार्सिलोनाका गोल रक्षक मार्क–आन्द्रे टेर स्टिग्नले रोके ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएका खेलमा सेभिल्लाले लेगानेसलाई १–०, एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–०, ओसासुनाले स्पानियोललाई ४–२ तथा गेटाफेले लेभान्टेलाई ४–० ले पराजित गरेको छ ।