प्रधानमन्त्रीको स्वास्थ्यबारे गलत हल्ला फैलाईयो: प्रेस सल्लाहकार



प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बरोमा गलत हल्ला फैलाईएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै सर्वत्र आशंका र जिज्ञासा बढ्दै गएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले गलत हल्ला फैलाइएको भन्दै खण्डन गर्नुभएको हो ।
प्रेस सल्लाहकार थापाले आई सि यु मै भएपनि प्रधानमन्त्रीको स्वास्थ्यमा उत्साहजनक सुधार भएको भन्दै गलत हल्लामा विश्वास नगर्न आह्वान गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले काम नभएकाहरुले आत्मसन्तुष्टीका लागि गलत अफवाह फैलाएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी कुनै तथ्य नलुकाई वताईरहेका छौ, उहाँको स्वास्थ्यमा निरन्तर सुधार भईरहेको छ । गलत हल्ला नचलाउन पनि आग्रह गर्दछौँ ।”

प्रधानमन्त्रीले हिजो साग खेलकुदको उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रशारण उद्घाटन आईप्याडमा हेर्नु भएको, आफै हिड्डुल गर्न र खाना खान थाल्नु भएकाले उहाँको स्वास्थ्यमा सुधार भएको पुष्टी हुने थापाको तर्क छ ।

प्रधानमन्त्रीको गतिविधिको तस्बीर हिजो प्रधानमन्त्रीको निजि सचिवालयले सार्वजनिक गर्न खोजेपनि चिकित्सकहरुले नगर्न सुझाव दिएपछि नगरिएको उहाँको भनाई छ । ।