धरान ७ मा १ मतले नेकपाका उम्मेद्वार विजयी, पुनः मतगणना गर्न कांग्रेसको माग



धरान उपहानगरपालिका वडा नम्बर ७ को उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी हुनु भएको छ ।
सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गर्नुभयो ।

त्यसअघि पालिखे बिजयी भनेर जुलुसको तयारी गरिदै थियो । विजय उत्सव मनाइसकेपछि उहा एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि अबिर पुछेर माला फुकाल्नु भयो । यसअघि बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी हुनु भएको हो ।

यता उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ । परिणामबाट असन्तुष्ट कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन नै दिएको छ ।