हुम्लाको खार्पुनाथमा मतगणना सुरु हुन सकेन



हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको गणना सुरु हुन सकेको छैन । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतगणनाको कार्य निर्वाचन कार्यालय र दलहरुबीच विवाद हुन सुरु हुन नसकेको हो ।

दलहरुले वडागत रुपमा मतगणना गर्नुपर्ने माग राखेका छन् तर मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागत रुपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो । मुख्य निर्वाच्न अधिकृत चन्द्रकान्त पौडेलले वडागत रुपमा गणना गर्न नसकिने बताएका छन् । सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ

गाउँपालिका उपध्यक्षका लागि भएको उपचुनावमा नेपाली कांग्रेसकी तारा शाही र नेकपाकी रुपा शाहीबिच कडा टक्कर हुने अनुमान छ । यहाँ झण्डै ८५ प्रतिशत मत खसेको छ ।