सुदूरपश्चिममा ७ वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा ५ र कांग्रेस २ स्थानमा विजयी



सुदूरपश्चिममा ७ वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा ५ र नेपाली कांग्रेस २ स्थानमा विजयी भएका छन्। कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ, डोटीको आदर्श गाउउँपालिका वडा नम्बर २ मा राम बहादुर बोहरा, अछामको मेल्लेख गाउंपालिका वडा नम्बर ५ मा रमेश खड्का, बैतडीको पुर्चौडी नगरपालिका ४ मा शैलेन्द्र धानुक र बाजुरको त्रिबेणि नगरपालिका वडा नम्बर १ मा मनराज बुढा वीजयी भएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ का तामाङ ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ।

शनिबार भएको मतदानमा ९ सय २४ मत खसेको थियो। यस्तै डोटीको आर्दश गाउँपालिका २ का बोहरा ६ सय ६८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन्।त्यस्तै राप्रपाका कासिराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिहं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्। एक हजार ५ सय ९० मत खसेकोमा ६० मत बदर भयो।

यस्तै अछामको मेल्लेखगाउँपालिका वडा नम्बर ५ का खड्का ७ सय ७८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरेका छन्। एक हजार ९ सय मतदाता रहेकोमा १ हजार ३ सय ५६ मत खसेको थियो।

जसमा १५ मत बदर भएको निर्बाचन कार्यलयले जनाएको छ। यस्तै बैतडीको पुर्चौँडी नगरपालिका ४ का धानुक ६ सय ६३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका गोबिन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरे भने एक हजार तीन सय ३० मत खसेको मा ७५ मत बदर भयो।

यस्तै बाजुरा त्रिबेणी नगरपालिका १ का बुढा तीन सय ६७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्दी काँग्रेसका खगेन्द्र चदाराले ३ सय ४७ मत, राप्रपाका उम्मेद्धवारले २ मत प्राप्त गरेका छन्। ७ सय २७ मत खसेको मा ११ मत बदर भयो।

बैतडीको सुर्नया गाउँपालिका– १ मा गजेन्द्रबहादुर चन्द र दोगडाकेदार गाउँपालिका ४ मा सुरेन्द्रप्रसाद भट्ट विजयी भएका छन्।चन्द दुई सय १९ मत ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेकपाका धनबहादुर चन्दले दुई सय १५ मत पाएका छन्। ६ सय ३८ मत खसेकोमा मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

दोगडाकेदार ४ मा विजयी भट्ट ५ सय ८४ मत ल्याएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्दी भट्टले ४ सय ८४ मत प्रप्त गरे। यस्तै राप्रपा संयुक्तका देबसिंह खत्रीले ६ मत पाए।एक हजार ९८ मत खसेकोमा २४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।