रामकृष्णको ‘तिम्रो मन कोमल’ मा पत्रकार शतिस चापागाईंको अभिनय



काठमाडौँ । पत्रकार शतिस चापागाईंको अभिनय रहेको ‘तिम्रो मन कोमल’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको उक्त गीतमा चापागाईंले अभिनय गर्नुभएको हो ।

चापागाईं नेपाल प्रेस युनियन पाल्पाका पूर्व जिल्ला सभापति तथा अमेरिकाबाट सञ्चालित ‘नेप्लिस डायस्पोरा’का प्रधान सम्पादक समेत हुनुहुन्छ । गीतमा उहाकै सब्द, तथा रामकृष्ण ढकालको आवाज रहेको छ भने आलोकश्रीकॊ संगीत संयोजन रहेको छ ।

अभिनयमा चापागाईंलाई नायिका नग्मा श्रेष्ठ्लॆ साथ दिनुभएको छ । गीत नेप्लिस डायस्पोराको युट्युब चयानलबाट सार्वजनिक गरिएको हो । लामो समयसम्म नेपालमा पत्रकारीता गर्नु भएका चापागाँई हाल संयुक्त राज्य अमेरिको बाल्टिमोरमा बस्दै आउनु भएको छ ।