हङकङको प्रदर्शनलाई अमेरीकाको समर्थन



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरले चीन अमेरिकासँग चिडिन सक्ने संकेत देखिएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानून बनेको छ। हङ्कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ। ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताए।

तर त्यो कानूनले चीनका पक्षमा भने छैन । चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा “हस्तक्षेप नगर्न” चेतावनी दिइसकेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले चीन९अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।

उनले हङ्कङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन्। त्यसले हङ्कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाइदिएको बीबीसीले उल्लेख गरेको छ ।