रामजी र बिष्णु माझीको ‘पानको पत्ता’ टिकटकमा भाईरल (भिडियो)



रामजी खाँड र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत ‘पानको पत्ता’ ले अहिले लोक दोहोरीको बजार तताईरहेकोआएको छ। टिकटमा पनि यो गीतलाई अत्यधिक रुचाईएको यो गीत भाईरल बनेको छ । दर्शक स्रोताको राम्रो प्रतिक्रिया पाएको छ ।

अर्का गायक तेजश रेग्मीको शब्द रहेको गीतमा स्वयं गायक खाँडको संगीत रहेको छ । कविता नेपाली र खाँडकै अभिनय तथा नृत्य रहेको गीतमा आफुले माया गरेकी मायालुको मन कतातीर छ भन्दै प्रेमभावलाई दर्शाईएको छ । अहिलेका निकै व्यस्त तथा चर्चित निर्देशक मौसम हिमालीको निर्देशनमा तयार पारिएको गीतको भिडियोको सम्पादन प्रविन भट्टले गरेका छन् ।

यस्तै गीतको एरन्जर सुदिप सागरले गरेका हुन् । गीतलाई गायक खाँडकै अफिसियल युट्युवच्यालन मार्फत सार्वजनिक गरिएको हो । यो समाचार तयार पार्दा सम्म १ लाख १० हजार बढीले हेरिसकेका छन् ।