सुजता पाण्डे र कमल खत्रीको स्वर रहेको गीत ‘तिमी भएर’ सार्वजनिक



सुजता पाण्डे र कमल खत्रीको स्वर रहेको गीत ‘तिमी भएर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत रहेको छ । मङ्गलवार रिलिज भएको गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र सुशान्त सिंह फिचर्ड छन् ।

बाबु प्रधानले एरेन्ज गरेको गीतको भिडियोमा वर्षा र सुशान्तको प्रेम झल्किन्छ भने दुईको जोडी निकै खुलेको छ । गीतले आफूले माया गर्ने मान्छे आफ्नो साथ हुँदा निकै खुसी मिल्ने र बाँचेको अर्थ लाग्ने भने भाव बोकेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियोलाई उत्सव दाहालले छायांकन र भरत रेग्मी सम्पादक गरेका हुन् । गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।