मेलिनाको दोहोरीमा अञ्जली अधिकारीको छमछमी (भिडियो सहित)



आधुनिक गीत सङ्गीतमा रुचाइएकी गायिका मेलिना राईले स्वर दिएको लोक दोहोरी गीत “बनैमा अमला” सार्वजनिक भएको छ । दिपेश पौडेल को प्रस्तुतिमा रहेको गीत मा मेलिनाको साथमा गायक दिपेश पौडेलको स्वर रहेको छ ।

गीतमा महेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ । यसै गरी गीतमा युगल जोडीको प्रेमका भावहरूलाई गीतमा रोचक रूपमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीत को भिडियोमा वासु बरालको छायाङ्कन, राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । बनैको अमला गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको नृत्य रहेको छ ।